कर्पोरेट/पर्यटन

जब एयर चाइनाको जहाज उड्नुको साटो धावनमार्गमा मोडिनुपर्यो …

राष्ट्रपति सीको जेटलाई छड्के पार्किङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तलमा यतिबेला धावनमार्गको विस्तारको काम भइरहेका कारण पर्याप्त घुम्ने स्थान नभएको भन्दै चाडर र कार्गो उडान गर्ने हरेक जहाजलाइ अग्रिम जानकारी दिइन्छ ।



तर बिहिबार चिनीया नागरिक लिन आएको एयर चाइनाको जहाज काठमाडौंबाट उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लम्बाई नपुगेपछि उड्नुको साटो मोडिनु पर्यो । जसले गर्दा अवतरण गर्ने जहाजलाई केहीबेर आकाशमै होल्ड गर्नुपरेको थियो ।

दिनको सवा १ बजे काठमाडौंबाट चीनको छेन्दु उड्ने क्रममा जहाजले कोटेश्वरतर्फ पुगेर त्यहाँबाट धावनमार्गमा गुड्दै उडान गर्नुपर्नेमा ट्याक्सी वेको छेउमा पुगेपछि धावनमार्गतर्फ मोड्ने क्रममा जहाजलाई लम्बाई पुगेन । त्यसपछि जहाजलाई गाडीको सहायतामा धावनमार्गतर्फ सोझ्याउनुपरेको थियो । किनकी यो जहाजमा ब्याक गर्ने सिस्टम छैन ।

एयर चाइनाको जहाजले धावनमार्गमा केही समय लगाएका कारण बेइजिङबाट आएको नेपाल एयरलाइन्सको जहाज केहीबेर आकाशमा होल्ड गर्नुपरेको छ ।

चिनियाँ नागरिक लिन बिहीबार नै चीनबाट दुई जहाज आएका छन् । अर्को जहाज चाइना साउदर्नको हो । यो जहाजले १ सय ८४ जना यात्रु बोकेर ग्वाङझाउका लागि उडान गर्दैछ ।

एयरबस ३३०–२४२ मोडलको वाइडबडी जहाजलाई गाडीले धावनमार्गतर्फ सोझ्याएपछि जहाजले उडान भरेको छ । यो जहाजले २ नाबालकसहित १६२ जना यात्रु बोकेको छ । यी यात्रु नेपालमा अड्किएका चिनियाँ नागरिक हुन् ।

सम्बन्धित खबर

Back to top button