सरकारले गठन गरेको संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसंग छलफल अघि बढाइरहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बुधबार मात्रै पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको थियो ।
संविधान संशोधनको बहस चलिरहेकै बेला पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो अलग्गै धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै केन्द्र र पालिका मात्रै रहने गरी गर्न सुझाव दिनुभएको छ ।
बिहिबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै बाँस्कोटाले संघीयता खारेज, समानुपातिक सिट खारेज गरी नर्वाचन खारेज गरी महिला र पुरुषको ४०६० प्रतिशत कायम गर्न सुझाव दिनुभएको छ ।
बाँस्कोटाले लेख्नुभएको छ- “पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस । राष्ट्रिय सभा 105 सिट, पुरै समावेसी महिला पुरुष 50%-50% उपराष्ट्रपति नै सभाध्यक्ष हुने ब्यबस्था होस। प्रतिनीधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष 40%-60% प्रत्यक्ष । जिसस पर्दैन।”





प्रतिक्रिया राख्नुहोस्