विश्व समाचार

कोरोनाबिरुद्धको चिनीया खोप सिनोफार्मलाई डब्ल्युएचओको अनुमति

सिनोफार्म सुरक्षित र गुणात्मक’ रहेको निस्कर्ष, ७९ प्रतिशत प्रभावकारी

नेपाल लगायत विश्वका विभिन्न मुलुकका ६ करोडभन्दा बढी मानिसले लगाइसकेको कोरोना भाइरस संक्रमण बिरुद्ध चीनले बनाएको खोप सिनोफार्मलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड १९ विरुद्ध आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

चीनसँगै विश्वका अन्य राष्ट्रमा दशौं लाखले लगाइसकेको सिनोफार्म पश्चिमा राष्ट्र बाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमति दिएको यो पहिलो खोप हो । अफ्रिका, ल्याटिन अमेरिका र एशियासहित विपन्न राष्ट्रका स्वास्थ्य नियमनकारी निकायले सिनोफार्मको आपातकालीन प्रयोगको अनुमति यसअघि नै दिइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसअघि फाइजर, आष्ट्रा जेनेका, जोनसन एण्ड जोनसन र मोर्डनाको खोपलाई कोभिड १९ विरुद्ध प्रयोगको अनुमति दिएको थियो । यसअघि प्रभाबकारिताको तथ्याङ्क थोरै मात्रामा उपलब्ध गराइदा चिनियाँ खोपबारे थुप्रै अनिश्चिता उब्जिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार अबेर चिनियाँ खोप सिनोफार्म ‘सुरक्षित, प्रभाबकारी र गुणात्मक’ रहेको निस्कर्ष निकालेको छ । उसले सिनोफार्म खोप १८ वर्षभन्दा माथि उमेरका ब्यक्तिलाई दुई डोजमा लगाइने बताएको छ । त्यसैगरी, विश्व स्वास्थ्य संगठनले चीनले नै उत्पादन गरेको सिनोभ्याक खोपको समेत मूल्याङ्कन गर्दैछ ।

विभिन्न प्रतिवेदनका आधारमा चिनियाँ खोप सिनोफार्म हालसम्म छ करोड पचास लाख ब्यक्तिमा लगाइसकिएको छ । चीनबाहेक उक्त खोप पाकिस्तान, यूएई र हङ्गेरीले समेत प्रयोगमा ल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनले लक्षण भएका र अस्पतालमा भर्ना भएका कोभिड १९ को बिरामीमा खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.