राजनीति

पूर्व मन्त्री तथा माओवादी नेता सुदन श्रम संस्कृति पार्टी प्रवेश

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पूर्व माओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आवद्ध हुनुभएको छ । श्रम संस्कृति पार्टीमा उहाँलाई वरिष्ठ नेताको जिम्मेवारी दिइने सहमति भएको छ।

माओवादी विलय भएपछि अलग्ग रहनुभएका किराती आफ्नो समूहसहित श्रम संस्कृति पार्टीसंग एकता गर्नुभएको हो । पार्टी एकताको औपचारिक घोषणा आज शुक्रबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा एक विशेष पत्रकार सम्मेलनमार्फत गरिँदैछ।

माओवादी लगायतका पार्टीहरु एक भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि प्रगतीशिल लोकतान्त्रिक पार्टीमा सक्रिय रहनुभका किरातीले केही समयअघि मात्रै सो पार्टी परित्याग गर्नुभएको थियो ।

एकता प्रक्रियामा किरातीको टिमबाट एक उपाध्यक्ष, एक सचिव र १५ जनालाई केन्द्रीय सदस्य बनाउने तयारी गरिएको बुझिएको छ। बिहीबार राति ललितपुरमा भएको अन्तिम छलफलले यो राजनीतिक समीकरणलाई टुंगो लगाएको हो।

यसअघि माओवादी केन्द्रमा रहेका किराती, पार्टी विभाजन र नयाँ ध्रुवीकरणका क्रममा विभिन्न समूहमा सक्रिय रहँदै आउनुभएको थियो । गत निर्वाचनमा समेत उनले श्रम संस्कृति पार्टीका उम्मेदवारहरूलाई अनौपचारिक रूपमा सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.