राजनीति

“विगतको लुट- वर्तमानमा झुट नबनोस्” : डा. चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले वर्तमान परिस्थितिमा नेपाली कांग्रेस तथा नेकपा एमाले लगायत पुराना पार्टीका नेताहरुले गर्ने गरेको टिप्पणीप्रति कडा कटाक्ष गर्दैै सच्चिन र यथार्थ स्वीकार्न अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत निकै गहन शब्दावली र शैलीमा डा. भण्डारीले नेताहरुमा आत्म समीक्षाभन्दा बाहिरी संघर्षको लत् मै अल्झिएर विष पालेर अमृत खोजेझैं गरिरहेको बताउनुभएको छ ।

डा. भण्डारीले लेख्नुभएको छ, “विगत- आत्मसमिक्षा भन्दा बाहिरी संघर्षको लत मै अल्झियो, त्यसैले जिवननै अधुरो रह्यो ! मनभित्र विषवृक्ष पालेर अमृत खोजेझैं, अनुभवविनाको अनुभूति सत्यदेखि टाढा भयो । सधैं आक्रोश बोकेर भविष्य बदलिदैन; त्यसैले अब- हेर्ने, सोच्ने र मनन् गर्ने तरिका बदलिनु आवश्यक छ। विगतको लुट – वर्तमानमा झुट नबनोस् !!!”

पुराना नेताहरुको दृष्टिकोणमा परिवर्तनको आवश्यकता औंल्याउँदै उहाँले सधैं आक्रोश बोकेर भविष्य बदल्न नसकिने सन्देश दिंदै क्रोध र गालीको राजनीतिले तत्कालका लागि माहोल तताए पनि देशको भविष्य निर्माण गर्दैन भन्नुभएको छ ।

यसै गरी डा. भण्डारीले अबको बाटो आक्रोश होइन, विवेकको हुनुपर्छ भन्ने सन्देश दिंदै विगतमा भएका गल्ती वा सत्ताको दुरुपयोगलाई अहिले ढाकछोप गर्न झुटको सहारा नलिन सुझाव दिनुभएको छ ।

डा. भण्डारीले राजनीतिक इमानदारिताको खाँचो औंल्याउँदै अब आफूलाई सुधारेनौं र केवल बाहिरी नारामा मात्र अल्झिरह्यौं भने हाम्रो इतिहास लुट र झुटको एउटा चक्र मात्र बन्ने चेतावनी दिंदै नयाँ पुस्ताका नेताहरूलाई संयमित हुन र पुराना पुस्तालाई पश्चातापसहितको सुधार गर्न आव्हान गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.