राजनीति

नेपाली भूमि अतिक्रमणको बिरोध गर्दा पूर्व सहायकरथि बस्न्यात र पूर्व एआईजी श्रेष्ठ पक्राउ

शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको धार्मिकस्थल मानसरोबारसम्म जाने सडकको उद्घाटन गरेको बिरोध गर्दै प्रदर्शनमा उत्रनुभएका नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार भारतको हेपाहा प्रवृत्तिको बिरोधमा काठमाडौंका विभिन्न स्थानमा भिन्दाभिन्दै प्रदर्शन भएका र ती सबैमा प्रहरीले हस्तक्षेप गरेको थियो । भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको विरोध गर्दा सुरक्षा निकायका दुई वरिष्ठ पूर्वअधिकारी समेत पक्राउ गरिनुलाई अनौंठो मानिएको छ ।

भारतीय रवैयाको विरोध गर्दै सडकमा उत्रिएका बस्न्यात र श्रेष्ठलाई प्रहरीले शनिबार राजधानीको शंकपार्कबाट पक्राउ गरेको हो । दुवैजनालाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

शनिबार नै लिपुलेकमा सडक बनाएको विरोधमा राजधानीको लैनचौर र माइतीघरलगायतका स्थानमा प्रदर्शन गर्ने ३ दर्जन बढीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.