जापान

टोकियो-ओशाकामा ३१ मे अगावै संकटकाल हटाउने योजना

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले जापान सरकारले ३१ मेसम्म थप गरेको संकटकाल केही प्रान्तहरुमा सो मिति अगावै हटाउन सक्ने बताएको छ । आर्थिक पुनरुद्धार मन्त्री यासुतोशी निशिमुरा ले आइतबार एनएचकेको एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

मन्त्री निशिमुराका अनुसार संकटकाल हटाउन सकिने ३४ प्रान्तहरुमध्ये उच्च शतर्कता जारी नगरिएका प्रान्तहरु पर्नेछन् । यसका लागि आगामी साता विशेषज्ञ समितिको सुझाव अनुसार संकटकाल हटाउने घोषणा गरिनेछ ।

यस अवधिमा हप्ताभरिमा हुने संक्रमितको संख्यामा आएको कमी र जनसंख्याको अनुपातमा संक्रमणको संख्या लगायतलाई आधार मानेर संकटकाल हटाउने निर्णय गरिनेछ ।

संकटकाल हटाउन सकिने प्रान्तहरुमा राजधानी टोकियो, ओशाका लगायत १३ प्रान्तहरु रहेका छन् जहाँ उच्च शतर्कता अपनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.