समाचार
आकस्मिक कक्षमा उपचाररत एक दर्जन संक्रमितको मृत्यु
विगत २४ घण्टाको बीचमा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
![Lumbini Hospital](https://www.nepaljapan.com/wp-content/uploads/2021/05/Lumbini-Hospital.jpg)
मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक, एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।
उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्