बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै
बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँच वटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ । बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने समस्या देखिएपछि सङ्घीय बजेटबाट करिब रु ६० लाखको लागतमा मर्मत गर्न लागिएको हो ।
बेगनास सिँचाइ प्रणाली मूल उपभोक्ता समितिका अध्यक्ष राजुु खत्रीले यस सिँचाइ प्रणालीअन्तर्गत यहाँका करिब एक हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिरहेको जानकारी दिनुभयो ।
नहरको मर्मतसम्भारका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै उहाँले अघिल्लो वर्ष बजेट प्राप्त नभएको बताउनुभयो ।
पाँचवटै शाखाअन्तर्गतका नहरबाट ढुुङ्गेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको छ । यो प्रणाली सञ्चालनमा आएपछि यस क्षेत्रमा वर्षातसँगै हिउँदको समयमा खेती गर्न सकिने गरी सिँचाइ पुगेको बेगनास सिँचाइ प्रणाली शाखाका-२ का अध्यक्ष शिबबहादुर थापाले बताउनुभयो ।
सहज सिँचाइ सुविधा पुगेकाले किसानलाई सहज हुनुका साथै उत्पादनमा महत्वपूर्ण टेवा पुगिरहेको उहाँको भनाइ छ ।





प्रतिक्रिया राख्नुहोस्