जल/वातावरण

लकडाउन खुकुलो- संक्रमित बढ्दो : मंगलबार एकै दिन ५७ जनामा संक्रमण

कोरोना संक्रमणमा नियन्त्रणमा प्रभावकारी उपाय अपनाएको दावी गर्दै लकडाउन केही खुकुलो पारिएको नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म एकै दिनमा यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलोपटक हो ।

हिजो सोमबार २४ जनामा संक्रमण भएको पुष्टि भएको थियो ।  मंगलबार थपिएका ५७ जना संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ । योसंग नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन् भने तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन् ।

उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.