स्वास्थ्य

जनताको बाँच्न पाउने अधिकार खै ?

राजनीतिक दलहरु सत्ताको खेलमा रमिरहे जनता अक्सिजन नपाएर मरिरहे

राजनीति अस्थिरतासंगै उत्पन्न भएको कोरोना संक्रमणको महामारीले नेपाल आक्रान्त छ । दैनिक संक्रमितहरुको बढ्दो संख्या र मृत्युलाई हेर्दा नेपालको अवस्था भयावह दिशातिर उन्मुख छ । यस्तो बेलामा स्वास्थ्य क्षेत्रले सचेत भएर भूमिका निर्वाह गर्नुपर्नेमा बिरामी डिस्चार्ज गर्नेदेखि नयाँ भनाए गर्न नसक्ने भन्दै खुला सूचना आव्हान गर्छन् ।

राजनीतिक दलहरु सत्ताको खेलमा रमिरहेका छन्, सरकार कामचलाउ मात्र छ, जनता अक्सिजन नपाएर मरिरहेका छन् । जिम्मेवारहरु आँखा चिम्लेर बसेका छन् । अहिले नेपालको स्वास्थ्य सेवा ध्वस्त भएको विज्ञहरुले बताइरहँदा जिम्मेवारहरुले प्रभावकारी कदम नचाल्नु अत्यन्त गैरजिम्मेवारपन हो ।

तत्काल सर्वदलीय बैठक गरेर नयाँ सरकार गठनका मुद्दा पन्छाएर कोरोना संक्रमणको रोकाथमका लागि एकजुट हुनुपर्नेमा सिंहदरबारकै दाउ खेलिरहने नेतृत्वप्रति आम जनतामा उत्पन्न आक्रोश र निराशाको उपाय केही छैन ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको उपचार असम्भव प्रायः भएको छ । अस्पतालहरुले अक्सिजनको अभावमा बिरामी डिस्चार्ज गर्न थालेका छन् भने कतिपय अस्पतालले भर्ना नै नलिने घोषणा गरेको छन् ।

नेपाल मेडिकल कलेज संक्रमितहरुलाई डिस्चार्ज गर्दै, मेडिसिटीले नयाँ भर्ना नै नलिने

गोकर्णेश्वर नगरपालि आत्तरखेलमा रहेको को नेपाल मेडिकल कलेजले विज्ञप्ति जारी गरेर भर्ना भएका कोरोना संक्रमितहरुको डिस्चार्ज गर्ने निर्णय गर्यो भने मडिसिटीले नयाँ भर्ना लिन नसक्ने बतायो ।

यसै क्रममा भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाउनुभयो ।

अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।

अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.