एन आर एन न्युजजापान
एनआरएनए जापानको सदस्यता लिने मिति मे २१ सम्म
गैरआवासीय नेपाली संघ (एआरएनए), राष्ट्रिय समन्वय समिति जापानले सदस्यता लिने समय पुनः थप गरेको छ । एनआरएनएले नयाँ सदस्य लिन चाहने जापानबासी नेपालीले मे २१, २०२३ सम्म तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिन अनुरोध गरिएको छ ।

एनआरएनएले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको सदस्यता आव्हान मे २१ सम्मका लागि आव्हान गरिएको र सो अवधिभित्र आवश्यक सबै कागजातसहित आवेदन दिन अनुरोध गरिएको छ ।
एमआईएस सिष्टम अन्तर्गत दोस्रो चरणको सदस्यताका लागि भिसा भएको जाईरियो कार्ड, शुल्कको रसिद, सेल्फी लगायत जाईरियो कार्डको ठेगाना पूरा गरी सिष्टममा प्रवेश गर्नुपर्नेछ ।
यो सिस्टममा प्रवेश गरेका सदस्इलाई मात्र अधिवेशन प्रक्रियामा सहभागी गराइने व्यहोरा पनि एनआरएनएको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्