जन सरोकार
भक्तपुरमा भेटिएका कोरोना संक्रमित भीम रावलका सुरक्षाकर्मी

मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएका भक्तपुरमा बस्ने एकजना सशस्त्र प्रहरी वजान रहेको र उनी पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएको थाहा भएको छ ।
एक महिनाअघिदेखि घरायसी विदामा बसेका रामेछाप घर भएका २७ वर्षीय सशस्त्र प्रहरी केही वर्षदेखि रावलको सुरक्षामा खटिएका थिए । विदामा बसेर उनी कहाँ गएर कोरोना संक्रमित भए भन्ने खुलिसकेको छैन ।
सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेका उनको । हाल टेकु अस्पतालमा उपचार भइरहेको छ । नेपालमा हालसम्म २१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया राख्नुहोस्