स्वास्थ्य

२४ घण्टामा देशभर दुई सय १४ जनाको मृत्यु

आठ हजार नौ सय ६० संक्रमित थपिए, पाँच हजार ५५ जना संक्रमणमुक्त

नेपालमाा पछिल्लो २४ घण्टामा देशभर २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै सोही अवधिमा ८ हजार ९ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार १९ हजार ४ सय ७४ पीसीआर परीक्षणबाट ८ हजार ८ सय ४२ जनामा र एन्टिजेन विधिबाट गरिएको ७ सय ७१ नमुना परीक्षणमा ११८ जनामा पोजिटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । क्वारेन्टाइनमा ४९७ जना छन् ।

हालसम्म २७ लाख १२ हजार ५६२ पीसीआर परीक्षण भएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.