जन सरोकार
विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्पछिको उद्धार तथा राहतका लागि आवश्यक सामग्री तथा सहयोगको माग दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
प्राधिकरणका अनुसार विपद्का कारण प्रभावित व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक सामग्री र सहयोगको माग सेतु प्रणालीमार्फत दर्ता गर्न सकिन्छ । सम्बन्धित विवरण https://setu.ndrrma.gov.np/. मा गई भर्नुहुन प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणका अनुसार हालसम्म १७४ जनाले यस्तो अग्रह गरिसकेका छन् । सेतु प्रणालीमार्फत प्राप्त मागका आधारमा विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा राहत व्यवस्थापनमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्