राजनीति

प्रधानमन्त्री ओलीद्वारा शपथग्रहण, पुरानै मन्त्रिमण्डलको निरन्तरता

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्नुभएको छ । शुक्रबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभएको हो ।

वैशाख २७ गते संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिबाट हिजो वैशाख ३० गते साँझ ९ बजेसम दलहरुलाई बहुमतको सरकारको दावी पेश गर्न आव्हान भएको थियो । तर दलहरुले सो दावी गर्न नसकेपछि संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

प्रधानमन्त्री ओलीको शपथलगत्तै उहाँले नयाँ मन्त्रिपरिषद् पनि गठन गर्नुभएको छ । नयाँ मन्त्रिमण्डलमा यसअघिका सबै मन्त्रीहरुलाई दोहोर्‍याइएको छ ।

कोको भए मन्त्री ?

ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.