राजनीति

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले बिहीबार गर्नुभएकोे निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।

जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गर्नुभएको त्रिविले जनाएको छ । सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.