राजनीति
प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मंगलबार एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको बताउनुभएको हो ।
राष्ट्रपतिले यही वैशाख २८ मा सभामुखले गरेको सिफारिसअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उहाँलाई पदबाट हटाउनुभएको विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया राख्नुहोस्