जापान

जापानमा कारोनामुक्त भएकाहरुको रगतबाट बन्दैछ औषधि- जुलाईमा परीक्षण गर्ने

जापानको प्रमुख औषधि निर्माता कम्पनी ताकेदा फर्मास्यूटिकलले जुलाईमा कोरोना भाइरस रोगीको सम्भावित उपचारका लागि चिकित्सकीय परीक्षण आरम्भ गर्ने बताएको छ । उसले यसका लागि विदेशी कम्पनीसंग सहकार्य गर्ने बताएको छ ।

यतिबेला कोभिड १९ को उपचारका लागि विदेशी कम्पनीसंग मिलेर नयाँ औषधिको विकास गरिरहेको ताकेदाले बनाउन लागेको औषधिमा कोरोना भाइरस संक्रमणबाट निको भैसकेकाहरुको रगतको प्रयोग गरिने छ ।

ताकेदाले जापान, अमेरिका तथा पूरोपमा परीक्षण आरम्भ गरिनेछ । कम्पनीका अनुसार परीक्षणका लागि पहिलेदेखि नै औषधि निर्माण सुरु गरिसकेको छ । परीक्षण सफल भयो भने यसै वर्षको अन्त्यसम्म सरकारी मान्यताका लागि आवेदन दिइने छ ।

कम्पनीका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत क्रिस्टोफर बेबरले कोरनुा भाइरसबाट संक्रमित बिरामीका लागि प्रतिस्पर्धी कम्पनीहरुसंगको सहकार्यबाट ठूलो परिणाममा औषधिको विकास गरिरहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.