जल/वातावरण

बाँकेमा आठ र मकवानपुरमा एकजना कोरोना संक्रमित भेटिए- संख्या पुग्यो २ सय ५८

शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

संक्रमितमध्ये बाँकेमा ८ जना र मकवानपुरमा १ जना ररहेका छन् । बाँकेका संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् । भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेको नरैनापुर गाउँपालिका १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.