कला/मनोरन्जनकलिउड

कलाकारका लागि छ हजार सात सय ५० किलो चामल सहयोग

लकडाउनका कारण समस्यामा परेका कलाकार तथा चलचित्र क्षेत्रका प्राविधिकलाई खाद्यान्न सहयोग गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा २७० कलाकारका लागि छ हजार ७५० किलो चामल र ८२५ किलो दाल हस्तान्तरण गरिएको हो ।

उपलब्ध खाद्य सामग्रीबाट कलाकारले एक –एक बोराका दरले चामल र तीन किलोका दरले दाल प्राप्त गर्ने चलचित्र निर्माता सङ्घका अध्यक्ष तथा चलचित्र प्रवद्र्धधन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले जानकारी दिनुभयो । कलाकारलाई लकडाउनका कारण ठूलो समस्या परेपछि आफूले मन्त्री मानन्धरमार्फत पहल गरेको जानकारी दिँदै अधिकारीले समस्यामा परेका कलाकारलाई तत्काल खाद्यान्न उपलब्ध गराइने बताउनुभयो ।

विपद्का बेला चलचित्र क्षेत्रका श्रमजीवीका लागि अतिआवश्यक खाद्यान्न उपलब्ध गराइदिएकामा चलचित्र उद्योग निकै खुशी भएको उल्लेख गर्दै निर्माता उहाँले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफूहरुका लागि अमूल्य सहयोग भएको बताउनुभयो ।

उक्त सामग्री आदिवासी जनजाति महासङ्घका ५०, नृत्य सङ्घका ४०, निर्देशक समाजका तर्फबाट सहायक निर्देशक २५ जनालाई एक–एक बोरा चामल र तीन किलोका दरले दाल उपलब्ध गराइने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.