जन सरोकार

नेपाली सेनाले पनि पठायो कालापानी नजिक छाङरुमा फौज

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि निकै आलोचना खेपिरहेको नेपाली सेनाले अन्ततः दार्चुलाको छाङरुमा फौज पठाएको छ । सेनाको अपरेसन विभागका एक महासेनानीको नेतृत्वमा सेनाले छाङरुमा टोली पठाएको समाचारमा जनाइएको छ ।

यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको छ । छाङरु विवादित कालापानी क्षेत्रबाट १२ किलो वरै पर्छ । सेनाले त्यहाँको वस्तुस्थितिबारे रेकी गरेको समाचार स्रोतले बताएको छ ।

उता सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अहिले घाँटीबगर भन्ने स्थानमा ४ सय ५० मिटर सडक निर्माण गर्ने गरी टोली गएको बताउँदै भन्नुभयो ‘छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउँदैछ । त्यसअघि सर्वसाधारणलाई छाङरुसम्म पुग्न घाँटी बगरमा ट्याक खोल्न लागिएको छ ।’

त्यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पनि घाँटी बगरमा भएको भीरका कारण पैदल हिँड्न पनि समस्या हुने गरेको हुँदा सेनाले ट्रयाक खोल्नेबारे छलफल भएको उनले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.