समाचार

ओली-नेपाल पक्ष सम्मिलित कार्यदल गठनको तयारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा कायम रहेको विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहिबार भएको सहमति अनुसार विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी भएको छ ।

अल्पमतको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेपछि सिंहदरबारमा बसेको अध्यक्ष ओली, नेपालसहितका शीर्ष नेताहरुको छलफलपछि कार्यदल गठन गर्ने तयारी गरिएको हो । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन ।

कार्यदल गठन अघि अध्यक्ष ओलीँ र नेता नेपालबीच छलफल हुने बताएको छ । त्यस्तै माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले आ–आफ्ना पक्षका नेताहरुबीच छलफल गरेर कार्यदलमा रहने सदस्यहरु टुंगो लगाउने बताउनुभयो ।

एमाले नेताहरुका अनुसार कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउन र सोही आधारमा समाधान खोज्न ओली सहमत भएका थिए । सो सहमतिसँगै एमालेको विवाद मत्थर भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.