राजनीति

प्रतिनिधिसभामा अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको छ ।

अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सवल बनाउँदै परिणामुखी बनाउने विषयहरू समावेश रहेका छन् । सो प्रस्तावमा पाँच सिद्धान्त र पाँच प्राथमिकता रहेको छ ।

विनियोजन विधेयकका पाँच सिद्धान्तमा नागरिकको अनुभूत गर्नेगरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनःसंरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सृदृढीकरण रहेका छन् ।

त्यसैगरी, विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनःप्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तरराष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन् ।

अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले बिहीबारै सो प्रस्ताव राष्ट्रियसभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभामा अर्थमन्त्री वाग्लेद्वारा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत (पूर्णपाठ)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.