जल/वातावरण

त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

टिचिंग अस्पताल

टिचिंग अस्पताल

शुक्रबार साँझ फेला परेकामध्ये एकजना कोरोना संक्रमित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका स्वास्थ्यकर्मी रहेको खुलेको छ । प्रदेश ५ को दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ । उनको काठमाडौंमै भएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।

यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । यसअघि कपिलवस्तु र पर्साका स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पुष्टि भएको थियो ।

शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना कहर- चिकित्सक, नर्स लगायत ३८ जना क्वारेन्टाइनमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.