जल/वातावरण
थपिए छजना कोरोना संक्रमित : संख्या पुग्यो २ सय ७३
शनिबार विहान थप छजना कोरोना संक्रमित थपिएका छन् । अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीय युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन् ।
प्रतिक्रिया राख्नुहोस्