जल/वातावरण

कपिलवस्तुमा थप तीन जनामा सङ्क्रमण, दाङमा भेटिएका संक्रमित शिक्षण अस्पतालका कर्मचारी नभएको पुष्टि

शनिबार विहानदेखि यो समाचार तयार पार्दासम्म देशका विभिन्न भागमा नौजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लोपटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार नयाँ सङ्क्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन् । केहीबेरअघि बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा सङ्क्रमण देखिएको थियो ।

शुक्रबार मात्र १८ सङ्क्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । तीन जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको संख्या २७६ पुगेको छ ।

यसैबीच शुक्रबार दाङमामा भेटिएका कोरोनाा संक्रमित त्रिवि शिक्षण अस्पतालका कर्मचारी नभएर त्यहाँ बिरामी भेट्न आएका व्यक्ति रहेको अस्पतालले पुष्टि गरेको छ ।

यसअघि टिचिङ अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टररनर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो र परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो ।

अस्पताल स्रोतले संक्रमितलाई अहिले आइसोलेसनमा राखिएको छ र यहीँ आएर संक्रमण भयो कि अन्य कतैबाट संक्रमण फैलियो कन्ट्याक्ट ट्रेसिङ सुरू गर्दैगरेको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.