जन सरोकार

महोत्तरीमा कार्यरत नेपाली सेनाका दुईजना कोरोना संक्रमित

शनिबार नेपाली सेनाका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवैजना नेपाली सेनामा कार्यरत रहेको पुष्टि गर्दै संक्रमित दुवैजना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको बताउनुभयो ।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिक भएको खुलेको हो ।

ब्यारेकभित्र रहेका उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको पाण्डेले बताउनुभएको छ ।

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.