राजनीति
अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई देउवाको सलाम
कोरोना भाइरसको महामारीकाबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयं संक्रमित भएर पनि बिरामीको उपचारमा निरन्तर खटिएर उच्च मानवसेवाभाव प्रदर्शन गरिरहेका छन् । महामारीको यो समयमा उनीहरुले आफ्नो व्यक्तिगत जीवनलाई दाउमा राखेर गरिरहेको सेवाको सबैतिरबाट सह्राना भैरहेको छ ।

यसै क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गर्नुभएको छ ।
उहाँले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्