“विद्रोहको तयारीमा थापा–शर्मा” !
व्यक्ति परिचय
राष्ट्रिय दैनिक कान्तिपुरको (२६ वैशाख २०८०) पेज ३ मा छापिएको समाचारको शीर्षक यस्तै थियो । त्यो भन्दा पहिले “नेपाली काँग्रेसका महामन्त्री द्वय देउवाको कार्यशैलीबाट असन्तुष्ट”भनेर त्यसै कान्तिपुर (दैनिक)मा २२ वैशाख २०८० को पेज नं. ५ मा छापिएको थियो ।
ने.का.का दुवै युवा महामन्त्री मध्ये विश्व प्रकाश शर्मा सँग केही दिन पहिले बागबजारमा पहिलो भेट भएको थियो । श्रेष्ठ टेलरिङमा उनी सपत्नीक र म सानी नातिनी अभिशासँग थिएँ । त्यसबेला मैले नै “माननीय विश्वप्रकाश जस्तो लाग्यो” भनेर सोधेको थिएँ । त्यस भेटमा तपाईलाई आमसंचार माध्यमले चिनाइदिएको थियो । आज भेटभयो, तपाईबाट देश र समाजले धेरै आशा, भरोसा र अपेक्षा गरेको छ जस्तो लाग्छ” भनेको थिएँ ।
उनले इमान्दारी र विवेकले भ्याए पुगेसम्म जनविश्वासको सम्मान गर्दै बढ्छु हेरौं, के हुन्छ ? भन्दै आफ्नो जीवन सहयात्रीलाई “उनी मेरी श्रीमती” भनेर चिनाए । एउटा ढाका टोपी छान्दै मलाई “कुन सुहाउँछ ?” सोधे मैले “माननीयज्यूलाई यो बढी खुले जस्तो ठानें” भनें । सायद त्यही किने जस्तो लाग्यो । म नातिनी लिन पुतलीसडक पुगेको थिएँ । उनको जेम्स स्कुलको ड्रेस देखेर उनले अभिशालाई सोधेँ “नानी ! कतिमा पढ्छ्यौं” भनेर सोधे । उनले फोरमा भनिन् । त्यसपछि हामी पाइण्ट हेर्नतिर लाग्यौँ । नातिनीलाई कुन सुहाउँछ रोजिदेउ भनें । आखीर उनीलाई मात्र नभई मलाई पनि मनपरेको क्वालिटी र रंगको पाइँन, हिंड्यौं । भनिन्छ “पहिलोपटक जे जस्तो छाप मन मस्तिष्कमा पर्छ त्यो सितिमिति मेटिन्न” । साँच्चिकै विश्वप्रकाशमा मैले सौम्यता, शालीनता र मिलनसारीता जस्ता एउटा राजनीतिक नेतामा हुनुपर्ने गुण विद्यमान भएको लक्षण देखें ।
गगन थापासँग मेरो प्रत्यक्ष भेट, पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा नियुक्त भएपछिका २–३ वटा कार्यक्रममा भयो क्यार ! । उनी सांसद भइसकेका थिए । उनले “कोषको कार्यक्षेत्र मेरो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने हुँदा विकास कोषले जेजति पनि कर्मचारीको पदपूर्ति (अस्थायी) करारमा) गर्दादेखि पहिले पारित भई कार्यान्वयनको चरणमा भए रहेका सबै किसिमका विकास निर्माण कार्यहरुसम्म जति छन्, होलान् ती सबैमा आफूबाट पूर्व सहमति लिनुपर्ने, तर आफूलाई त्यस्ता काम कुरा हेर्ने, निर्देशन दिने समय नहुने हुँदा उनको पार्टीको भन्दा पनि गूट समूह–(उनको शैली) र प्रस्तुती हेर्दा सुन्दा “ग्याङ्ग” भन्नु उपयुक्त हुने भए पनि त्यो शब्द प्रयोग गरेको छैन) का मानिसहरु मार्फत राय परामर्श गरेर मात्र अघि बढ्ने गर्नुपर्छ” भनेर जे जस्तो हुकुमी तवरबाट आदेश निर्देशन दिने गर्थे लाग्यो, यिनै संस्कृति पर्यटन तथा नागरिक मन्त्री भए भने त पदेन यिनै कोषका अध्यक्ष हुनेहुन् । त्यसबेला कोषको हविगत कस्तो हुने होला ?
उनलाई उठाउनेमा बढी विभिन्न दृश्य र छापा संचारगृहको रुपमा स्थापित शक्ति केन्द्रहरुले सम्बन्धित संचार माध्यमका कार्यक्रम संचालक, संयोजक व्यवस्थापकहरुले जति पहिलेदेखि बढी महत्व दिए (“हाई लाइट”) गरिरहे । गगनले आफूलाई त्यहीँबाट अति महत्वकांक्षी र नेताको भएको दम्भ प्रदर्शन भने थालेको देखियो । त्यति मात्र नभई निकै माथिल्लो तहको र अहिले नै प्रधानमन्त्री वा निजको (प्र.मं.) को समकक्षी” ठान्ने मान्ने गरेको धेरैलाई लागेको सुनियो । ने.का.का. हुर्कौला नेताहरुमध्ये त्यति वाक्पटु र तर्कशास्त्री कति छन् ? यकीनसाथ ठ्याक्कै संख्या भन्न र गन्न नसके पनि तिनीहरुमध्ये “गगन थापा” पनि एकजना होलान् ।
त्यस्तै उनीलाई कहाँबाट कुनकुन बाटोबाट कहाँ पुर्याउने योजना र रणनीति बने बुनिएको छ, अन्दाज गरेर भन्नु गलत होला । तर उनलाई पार्टी सभापति शेरबहादुरले नै स्वास्थ्य मन्त्री नवनाएको भए अर्जुन के.सी.को बलबुताबाट बन्नसक्ने थिएनन् । उनको स्वास्थ्य मन्त्रित्वको कार्यकालले उनलाई कति उठाउन सक्यो उठ्नसक्ने मौका दियो ? त्यस्को लेखाजोखा त उनको पार्टी र नेतृत्वले गर्नुपथ्र्यो गरे नगरेको थाहा भएन ।
“त्यस बेलाको औषधी खरीद प्रकरणमा औषधी उत्पादक र मुख्य एजेण्टको चलखेल भने फेरिएको देखिएन । ऐजन ऐजन नै थियो” भनेर स्वास्थ्य मंत्रालयकै कतिपय खासगरी कनिष्टहरुदेखि वरिष्ट चिकित्सकहरुबाट सुनिएको थियो ।
पार्टी बैठकबाटै निर्णय गराई तत्कालिन प्र.म. शेरबहादुरलाई निर्णय कार्यान्वयन गर्न आदेशात्मक निर्देेशन दिए । उनले पार्टी निर्देशन र आदि देशलाई ल्याउँदै (२०५९ जेष्ठ ८ गते साँझ नै प्रतिनिधि सभाको विघटनको लागि ६ महिना भित्र (सायद कार्तिक २९ गते) प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन रोजीमा सिफारिस गरे । उनले बुझेका थिए गिरिजाले आफूलाई यही निहुँमा सत्ताबाट भित्ता लगाउन खोजि रहेका हुन् ।
कृष्णप्रसाद भट्टराई जस्तो आफ्ना दाजू (वी.पी) का समकक्षी नेतालाई त वित्थामा सिंहदरबार रुवाउँदै निस्कनु पर्ने पारेका गिरिजाले आफूलाई टिक्न दिने वाला छैनन् । ने.का. पार्टीलाई (आफ्नो कोइराला परिवार)को राजनीति गरी खाने प्रा.लि. कम्पनी ठान्ने गिरिजा जस्तालाई ठिङ्गा देखाएर ने.का. प्रजातान्त्रिक गठन गरे । सत्ताका लागि घुर्की देखाउने र धम्की दिने प्रतिनिधि सभाको तेस्रो हैसियतले दलका नेतालाई दोस्रो ठूलो दलको ढोका ढोग्न पठायो र दोस्रो दलको वलमा तेस्रो पार्टी सत्तामा पुग्यो ।
सधै नेतृत्वको तानाशाहीमा चल्ने कम्युनिष्टहरुको कुरै नगरौ । प्रजातान्त्रिक पार्टी भनिए मानिएको ने.का.कै बालचन्द्र, डिल्लीरमणहरुको मात्रै होइन । २०१७ सालपछि राजा महेन्द्रले बहुदलीय सांसदीय प्रजातान्त्रिक सरकारलाई र संसदलाई विघटन गरे । दलीय गतिविधिमाथि प्रतिबन्ध लगाए ।
त्यसपछि देशभित्र र प्रवासबाट कलकत्ता पुग्नेहरुदेखि वनारसमा (मुरगञ्जमा) निर्वासित जीवनयापन गरिराखेका वी.पी., जी.पी. सुशील, शैलजा गणेशमान आदि र अज्ञाप्त ठाउँमा छरिएर बसेका काँग्रेसी नेता कार्यकर्ताहरु सम्मलाई झण्डै दुई दशक सम्म गास, वास र कपास पु¥याउने सुवर्ण शमशेरले केही कुरामा वी.पी. सँग फरक मत राख्दा जसरी ने.का.बाट निस्केर अलग निषेध गरिएको थियो ।
त्यसरी नै २०४६ सालको परिवर्तनका मूल आधार केन्द्र मानिएका गणेशमानले रुदै आफू काँग्रेसमा अड्न नसकेका भनेर रुदै ने.का.बाट निस्केर अलग भएको सार्वजनिक रुपमा नै देख्नु परेको थियो । त्यतिमात्र होइन । जुन के.पी. भट्टराईले जीवनभर साथ सहयोग र संरक्षण दिएका थिए तिनै के.पी.लाई २०५६ को अन्त्यतिर उनको नेतृत्वको सरकारको वरिष्ठ मन्त्रिको पदमा आसिन व्यक्तिले एकाएक पद पदबाट राजिनामा दिएर जी.पी.को पादसेवक बन्न गएकाले सधै रुँदैन सुशील र शेरलाई घुक्याई रहँदा पाए के ? सधै रुञ्चे घुर्की देखाएर केही नलागे पछि आखीर उनै शेरबहादुरका पाउमा टोपी थाप्न पुगेपछि शीतल निवास पस्न बस्न, पाएको हुन् ।
भ्रम नहोस्
म देउवाको दास र काँग्रेस समर्थक होइन । स्वतन्त्र पत्रकार हुँ । हिजोको जागीरे जीवनकालमा मानवीय आधारमा राजनीतिक व्यक्तिको सम्मान गर्दै आफ्नो हैसियतको सीमासम्म अघि बढेर समात्ने भन्दा संरक्षण गरेको भने पक्कै थिएँ । तर काँग्रेस र कम्युनिष्टमा विभेद नगरीकनै । त्यस्का साक्षी ने.का.का नेता काशी प्रसाद दिवगत भईसकेपनि ढुण्डीराज शास्त्री , र केशर माणि जस्ता सायद आज पनि जिवितै होलान् ।
बरु पंक्तिकार शेरबहादुर देउवाले प्र.मं.को हैसियतले प्रत्यक्ष हाँकेको मन्त्रालय अन्तर्गतको अधिकृतको रुपमा कार्यरत हुँदा ठाडै यो काम गर्नु ऐन, नियम विपरित हुन्छ, गर्ने गराउने नै भए तदनुरुप ऐन नियममा परिवर्तन संशोधन गरेर मात्र गर्नुपर्छ भनेरे आँट गरेको व्यक्ति हो ।
विद्रोहीहरुको खैरियत ?
पार्टी नेतृत्वको विचार र कार्यशैलीप्रति असहमति प्रकट गर्ने जुनसुकै नेता कार्यकर्तालाई भित्तामा पु¥याएर सिध्याउने चलन र चरित्र सबैमा थियो, छ र रहँदै जानेमा विश्वास गर्नु पथ्र्याे । तर नेपालमा (प्रजातन्त्र । लोकतन्त्र जे भने पनि) को लागि लडेको भन्ने पार्टी (ने.का.)को इतिहासमा पनि माथि भनिए जस्ता वालचन्द्र व्यथित, डिल्ली रमणहरुदेखि सुुवर्ण शमशेर गणेशमान के.पी. भट्टराई जगन्नाथ, ढुण्डिराज जस्ताप्रति बी.पी र जी.पी.ले पनि त्यही तानाशाही चरित्र देखाएकोलाई विर्सने कस्ले ? त्यो कोइराला चरित्र देखिएपनि सबै ने.का. प्रति समर्पित नेता कार्यकर्ताहरुले “तम् शरणम् गरेक रुञ्चे स्वभाव देखाए ।
घुर्की र धम्कीको नीति ?
माथि उल्लेख गरे झै दुई महामन्त्री बीचको स्वभाव, चरित्र, शैली संभवत नितान्त फरक देखिन्छ । गगनको गनगन । अरण्य क्रन्दन अहिले मात्र सुनिएको होइन । उनी जहिले पनि जुन नेताको कोटरीमा पुग्छन् उही नेतालाई गाली दिन्छन् धम्की दिन्छन् र धुर्काउँछन् भन्ने उनलाई आम मानिस र ने.का.का परिरहेको रहेछ । २०५९ साल उनलाई विद्रोहको जान्ने आम मानिस र ने.का.का परिरहेको रहेछ ।
त्यसबेला “सभापतिले विवेक, वुद्धि नपु¥याएकाले ने.का.लाई सत्ताबाट पछाडि हटाइयो” भनेर कुर्लिने कोइरालाहरु नै थिए । उनका पिछला गगहरुले शेरबहादुरलाई सक्दो र सस्तो सराम गरेको रुवाबासी गरेका रुवाइ सुनिन्थ्यो । तर त्यसरी बालुवाटारलाई औंला ठडाउँदै वालकोट पुगेकाहरुले “कहाँ जाला मछ्ली मेरै ढडिया” भनेझै जब बालको टले पेलेर तेल निकाल खोज्यो त्यसपछि उनी (तेस्रो दलका नेता) बालुवाटारबाट गल्फुटार पुगेका शेर बहादुरको डेरा खोज्दै उनको दैलोमा टोपी थाप्न पुगे ।
के कस्तो विद्रोह ?
गगनको गनगन र रुञ्चे गर्जनको अन्तर्यमा त्यस्तै “धम्काएर, घुक्र्याएर हिजोको जस्तो मन्त्री पदको आभार गरिएको हो भने त्यो पद त्यसरी पाउन सक्ने/नसक्ने के छ थाहा छैन । तर माथि भनिए, जस्तै वी.पी., जी.पी. सुशीलहरुले मात्रै नभई शेखर, शशांक सुजाता जोष्ट कोइरालासम्मले जुन नेपाली काँग्रेसलाई आफ्नो परिवारको कम्पनी ठान्दै र मान्दै आफ्नो भागमा सबै ठाउँमा घुँडे भाग पाउनुपर्ने भन्दै पौठजोरा खेल्दै आएका थिए । तिनीहरुले समेत शेरबहादुरको सामु आत्मसमर्पण गरी लित्को पित्कोको रुपमा २ जना मंत्री पद पाएर हातमुख बन्द बन्द गरेर बसेका छन् । यस्तो विप्ल्याँटो परिस्थिति परिवेशमा दुई चार जना किशेर कोटीका पुवाकार्य कर्तहरुले उक्साए, उल्काए सन्काएको भरमा “विद्रोह” को झ्याली पिट्दै हिडेर हुन्छ के ?
एक्ला विद्रोही
अटल विहारी वाजपायीले भने जस्तै “नदैन्यं न पलायनम्”को नीति अँगाल्न एक मात्र साहसिकता बोकेका व्यक्ति अहिले दिवंगत भइसकेका प्रदीप गिरी नै हुन् । वनारसमा आफूभन्दा जेष्ट र श्रेष्ठ भए पनि समकालीन सक्रिय विद्यार्थी नेता भएकाले थाहा छ उनले बी.पी. कोइरालालाई नेता मान्दैनथे ।
“वी.पी. पनि आचार्य नरेन्द्रदेव, राम मनोहर लोहिया, जय प्रकाश नारायणका चेला हुन् म पनि तिनीहरुकै अनुयायी हुन् । वय समयले वी.पी. मेरा अग्रज हुन् । मैले जुन समाजवादलाई आफ्नो आदर्श पथ मानेको छु त्यसैलाई वी.पी.ले पनि मान्छन्, त्यसैले उनलाई (वी.पी.लाई अवश्य अग्रज मान्नुपर्छ । मान्छु तर नेता मान्दिन भनेर हामीसँग खुलारुपमा भन्थे ।
त्यतिमात्र होइन । “नेपाली काँग्रेस कोइराला परिवारको वपौती होइन, न त एक्लौटी सम्पत्ति ? मेरो खानदानको पनि यसमा त्यति नै योगदान छ । जति कोइरालाहरुले आफ्नो अंश दावी गर्दै आएका छन् । त्यसैले दशौं वर्ष देखि पार्टीको महाधिवेशन नवोलाई वी.पी.ले आफूलाई पार्टी सभापति म नै हुँ भनि राख्न मिल्दैन पाउँदैनन् ।” भनेर उनले (प्रदीप गिरीले) आफैले पार्टी महाधिवेशको आव्हान गरें । देशभित्र भारतबाट प्रतिनिधि केही आएछन् पनि । त्यस महाधिवेशबाट वी.पी.लाई सभापति बाट हटाएको र आफूलाई सभापति चयन गरेको निर्णय नै गराएछन् ।
तर त्यो महाधिवेशलाई ने.का.को अधिकांशले साथ समर्थन दिएनन रे । आफू नेपाल फर्किसकेपछि वी.पी.को सह पाएर हो अथवा आफ्नै बुद्धिले हो ? जी.पी.ले प्रदीपलाई गुण्डा लगाएर पिटाएको भनेर सुनियो । कसैले वी.पी.ले महाधिवेशको कारणबाट नभई शैेलजा कारण बनेकी भन्ने पनि सुनाए । त्यति हुँदा पनि प्रदीपले जहिलेसुकै पनि “न दैन्यं नपलायनम् नीति कहिल्यै छोडे थिएनन् । फलत २०४८ को पहिलो प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालिन पार्टीका (का.वा.) सभापति के.पी. भट्टराईको पूरा कोशिस वा प्रयासको बाबजूद प्रदीप गिरीलाई टिकट पाउनबाट जी.पी.को ढिपीले रोकियो ।
अहिले विद्रोहको नगरा बजाउँदै आएका गगन थापा लगायतको घुर्की र धम्की, गनगन र क्रन्दन गन्थन मन्थन शेरबहादुरलाई तर्साउन, भगाउन र आफूले मन्त्री पद पाउनको लागि सम्ममात्र सीमित हो ? अथवा प्रदीप गिरीको जस्तो ? अन्य उपाय नभए विशेष महाधिवेशन बोलाएर आफूमध्येका कसैलाई सभापतिमा स्थापित गर्ने ? नयाँ युवा पुस्तालाई हस्तान्तरणको क्रमको प्रारम्भ गर्नेसम्मको साहस, शक्ति सामथ्र्य पनि छ, विद्रोही सँग ?
(युगसम्वाद साप्ताहिकबाट)




प्रतिक्रिया राख्नुहोस्