जन सरोकार

खाद्यान्न बोकेको ट्रकमा मदिराको ओसारपसार

लकडाउनका बेला खाद्यान्नका सवारी साधनलाई आवतजावतमा कुनै अबरोध नहुन भएकाले खाद्यान्न बोकेका साधनमा मदिरा ढुवानी हुने गरेको खुलेको छ । मंगलबार धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले बरामद गरेपछि यस्तो खुलेको हो ।

सडक बाढीले अवरुद्ध

समाचार अनुसार धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से१ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा रु एक लाख १५ हजार ९२५ बराबरको १२६ पेटी रोज नामक मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

धनगढीबाट अत्तरियातर्फ गइरहेको अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा मदिरा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताइएको छ ।

ट्रकसहित चालकलाई नियन्त्रणमा लिइ गाडी र मदिरा धनी धनगढी–१३ का दिनेश पन्तलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । बरामद मदिरा आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाइने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.