राजनीति

बोल्दाबोल्दै प्रधानमन्त्री ओलीले 'उभिन गाह्रो भो कुर्सी छैन' भनेपछि (लाइभ भिडियोसहित)

केही महिनाअघि मात्र मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले धपेडी नगर्न सूचित गरिरहे पनि उहाँ नियमति काममा सक्रिय हुनुहुन्छ । मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा उहाँ अझै पूर्ण स्वस्थ नरहेको देखिएको छ । रोष्ट्रममा उभिएर सम्बोधन गर्दागर्दै उहाँले ‘सभामुखज्यू उभिन गाह्रो भो कुर्सी छैन’ भन्नुभयो ।

त्यसपछि सभामुख अग्नि सापकोटाले संसद सचिवालयका महासचिवलाई कुर्सीको व्यवस्था गर्न भन्नुभयो, एकछिन अलमल भयो अनि बल्ल कुर्सी आइपुग्यो । लामो समय बोल्नुपर्ने भएकाले संसद सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्य जटिलताको ख्याल गरेर प्रधानमन्त्रीका लागि पहिल्यै कुर्सीको व्यवस्था गरिएको रहेनछ ।

कुर्सी आएपछि उहाँले बोल्न थाल्नुभयो । इरसबाट टिप्पणी गर्दै भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९० संक्रमण देखिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले चीनको वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको तर भारतबाट आएको भाइरस कडा खालको देखिएको भन्नुभएको हो । पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको र उनीहरु लुकेर बस्दा झन समस्या भएको समेत बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणमा निजी क्षेत्रले देखाएको व्यवहारतिर संकेत गर्दै अहिलेको संक्रमणले राज्यको महत्व बढाएको र पूँजीवादले निजी क्षेत्रलाई प्राथमिकता दिए पनि त्यो असफल भएको र राज्य किन बलियो हुनुपर्दोरहेछ भन्ने पुष्टि भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.