जल/वातावरण

नेपाली सेनाले ग्वाङ्जाओबाट ल्यायो १८.८ टन स्वास्थ्य सामग्री

नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए ३३० जहाजले मंगलबार बिहान काठमाडौँ ल्याएको हो ।

स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज आज बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहास सोमबार राति ग्वाङ्जाओ उडेको थियो ।

ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत रहेका छन् । सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो ।

बुझिएअनुसार सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ । त्यसमध्ये जहाजमार्फत ४७.५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ । सेनाले पहिलोपटक जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।

यसै बीच चीन सरकारले सिन्धुपाल्चोकलाई रु एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोकका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मंगलबार मितेरी पुलमा चिनियाँ अधिकारीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायत सरकारी टोलीलाई सो सामग्री हस्तान्तरण गरेको हो । केही दिनअघि भएको सीमा बैठकमा प्रजिअ ढकालले सहयोगका लागि अनुरोध गर्नुभएको थियोे ।

न्यालमले डिस्पोजल मास्क एक लाख ३० हजार, एन–९५ मास्क एक हजार ५००, पिपिइ एक हजार १००, इन्फ्रारेड थर्मोमिटर १०८, एक हजार ५०० परीक्षण किट सिन्धुपाल्चोकका लागि सहयोग दिएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । जिल्लामा ती सामगी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन कोषमा रहनेछन् । चीनका तर्फबाट जाग्बु बन्दरगाहका प्रमुख अधिकृत यान जीनसहितको चार जनाको टोली सो सामग्री हस्तान्तरण गर्न मितेरी पुल आएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.