जन सरोकार

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक हुनुभएका ९३ वर्षीया उहाँ राजदूत पनि हुनुहुन्थ्यो ।

बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गर्नुभएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उहाँको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्याउनुभएका उहाँ सङ्गठनको युगपुरुषका रुपमा स्थापित हुनुभएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.