राजनीति

अदालतका आदेशको कार्यान्वयन गर्न बारको आग्रह

नेपाल बार एशोसिएशनले महामारीका अवस्थामा जनताको स्वास्थ्योपचार र जीवनयापनको समस्या समाधानका लागि सर्वोच्च अदालतले दिएको आदेशको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्नुपर्ने विषयमा सर्वोच्च अदालतका संयन्त्र क्रियाशील हुन आग्रह गर्नुभएको छ ।

बारले महामारीमा कुनै पनि कानून व्यवसायीलाई पर्न सक्ने आकस्मिक असहज परिस्थितिको सहजीकरणका निम्ति सहयोग कक्षको समेत व्यवस्था गरेको छ ।

बारले कानून व्यवसायी कतिपयले पहिलो चरणको खोप लगाएर दोस्रो चरणको नपाएका अवस्थामा प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.