स्वास्थ्य

कोभिड बिरुद्ध अग्रपंक्तिमा खटिएका तीन डाक्टरको निधन

देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कोभिड १९ बिरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्दैआएका तीन डाक्टरको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डा. ईश्वरलाल आचार्य, डा. मुकेर चौधरी र डा. पुज्याश्री कार्कीको मृत्यु भएको हो ।

त्यसै गरी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पनि मृत्यु भएको जनाउँदै मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमणको यो महामारीमा अग्रपंक्तिमा खटेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको निधनले मन्त्रालय स्तब्ध भएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा बिहिबार एक विज्ञप्ति जारी गरी शोकाकुल यस घडीमा स्वर्गीय आत्माहरुको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारमा धैर्यधारण गने शक्ति प्राप्त होस् भन्दै श्रद्धाञ्जलिसहित समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.