राजनीति

राष्ट्रपतिद्वारा सरकार गठनको आधार पेश गर्न सांसदहरुलाई आव्हान

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनसक्ने आधार नरहेको ठहर

अल्पमतको सरकारको नेतृत्व गरिरहनुभएका केपी शर्मा ओलीले विश्वासको मत पाउने सम्भावना नरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकारका लागि सांसदहरुलाई आधार प्रस्तुत गर्न जेठ ७ गते शुक्रबार साँझ ५ बजेसम्म समय दिनुभएको छ ।

 प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिनुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रशस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेको भनिएको छ ।

विज्ञप्तिमा उल्लेख छ, नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.