राजनीति

प्रधानमन्त्री ओलीको प्रश्न- “मार्ग प्रशस्त गरिदिंदा पनि संविधानमाथि थिचोमिचो हुन्छ ?”

सरकार बनाउन सकिंदैन भने यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्दा पनि संविधान थिचोमिचो भएको भन्ने टिप्पणीका कडा आलोचना गर्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत पाउने सम्भावना नरहेकाले समयमै नयाँ सरकारका लागि मार्ग प्रशस्त गरेको बताउँदै यसमाथि गरिएका टिप्पणीहरुको प्रतिवाद गर्नुभएको हो ।

उहाँले भन्नुभयो जेठ १५ गते बजेट ल्याउनुपर्छ, नीति तथा कार्यक्रम ल्याउनुपर्छ । मेरो नेतृत्वको सरकारले विश्वासको मत पाउँदैन भन्ने स्पष्ट भैसकेपछि ३० दिन कुर्नुको साटो समय छँदै मार्ग प्रशस्त गरेको बताउनुभयो । देशप्रति जिम्मेवार भएर बाटो खोलिदिंदा पनि बिरोध नै गर्ने प्रवृत्तिले राजनीतिलाई द्वन्द्वतिर मात्रै लैजाने मार्ग भएको बताउनुभयो ।



सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिएपछि आफूमाथि अविश्वासको प्रस्ताव आओस् भनेर साढे दुई महिना कुरेको तर कसैले अविश्वास प्रस्ताव दर्ता नगरेकाले आफैंले नयाँ सरकार बनाउने बाटो खोल्न मत नपाउने स्पष्ट हुँदाहुँदै विश्वासको मत लिन खोजेको र असफल भएपछि नयाँ सरकार गठनको आव्हान भएको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रपतिले ३ दिनको समय दिंदा दुईभन्दा बढी दलको सरकार बनेन । अहिले पनि विश्वासको मत पाउने सम्भावना नरहेकाले मार्गप्रर्शन गरेको तर यसलाई तल्लोस्तरमा पुगेर गालीगलौजको विषय बनाइएकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त भैसकपछि अब राष्ट्रिय सहमतिका साथ अघि बढ्न दलहरुलाई आव्हान पनि गर्नुभयो ।

उहाँले दलहरुले सरकार बनाउन सक्दैनन् भने आफू नेतृत्वकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गरी हातेमालो गर्न आव्हान गर्दै भन्नुभयो, जसको नेतृत्वमा सरकार बने पनि हामी प्रतिपक्षमा बसेर रचनात्मक भूमिकाका लागि तयार रहन्छौं । तपाईहरु नयाँ सरकार बनाउनुहोस् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button