जन सरोकार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल एयरलाइन्सको उडानद्वारा मङ्गलबार काठमाडौँबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली राहदानी थान ३७ मा रोमानियाको भिसा लगाउने भनी त्यसतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका हौँ ।”

श्रेष्ठलाई आवश्यक कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको प्रवक्ता सिलवालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.