अर्थ

एक हजार आठ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ८०० र चाँदी ९० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबार प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९३ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बहेको छ । बुधबार प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.