विश्व समाचार

द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ

सयुक्त राष्ट्रसङ्घले सन् २०२५ मा विश्वभरका द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

जसमा बालबालिका तथा आम नागरिकहरू, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडक लगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्युबरण गरेको उल्लेख गरिएको छ ।

विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानविय जीवन मात्र नभइ पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकहरूको सुरक्षा विषय सुरक्षा परिषदलाई जानकारी दिँदै बताउनु भएको छ ।

उहाँले नागरिकहरू द्वन्द्वमा लक्षित नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वहरूमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्रमणहरू रेकर्ड गरेको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी सङ्कटलाई पनि औंल्याउदै, करिब १४ करोड ७० लाख मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन् ।

पछिल्लो समयमा अनिकाल तथा खाद्य असुरक्षाका विभिन्न घटनाहरू पुष्टि भएको उल्लेख गर्दै खानाको अभावका कारण मात्र नभई द्वन्द्वरत पक्षहरूको शत्रुताको कारण मानवीय सहायता वितरणमा अवरोधहरू सिर्जना गर्नाले यस्तो अवस्था आएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.