जल/वातावरण

थप २० जनामा संक्रमणको पुष्टि : नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय सात पुगेको छ । बाँके, डडेल्धुरा, कैलाली, मोरङ र बैतडीमा गरी थप २० जनामा कोरोना भाइरस रोगको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले बाँके नैरनापुरका १३ जना पुरुष र बाँकेकै अर्का १, कैलालीमा ३ जना पुरुष छन् ।

त्यस्तै डडेल्धुरा परशुराम १० का २८ वर्षका एक पुरुष, बैतडी शिवनाथ १ का २२ वर्षका एक जना पुरुष र मोरङका १ जनालाई कोरोना पुष्टि भएको छ । विहान बिहान कपिलवस्तु, सर्लाही र पूर्वी नवलपरासी,सुस्ता परासी र चितवनमा गरी ३० जनामा कोराना संक्रमण देखिएको थियो ।

हालसम्म यो भाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ ।

त्यसै गरी कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना निको भई घर फर्किएका छन् । शुक्रबार निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराखेका थिए । निको हुनेमा महिला नौ र पुरुष १२ छन् । योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.