पुस ५ गतेको प्रतिगामी कदमको निरन्तरता भएको ठहर
निर्वाचन घोषणापछि विपक्षीहरुको आक्रोश- मुलुक पूर्णतः द्वन्द्वको दिशामा
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिशमा ससद विघटन गरी कार्तिक २६ र मंसिर ३ गते संघीय संसद प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि संविधानको धारा ७६(५) अनुसार सरकारको दावी गरेका विपक्षी दलहरु आक्रोशित हुँदै यो कदमलाई संविधान मास्ने प्रपञ्चाका रुपमा लिएका छन् ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताउनुभएको छ ।
डा. भट्टराईले ट्वीटरमा लेख्नुभएको छ ‘भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म । यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं !’
उता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको साझेदार राष्ट्रपति बनेको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिंदै यसविरुद्ध सबैले एकीकृत लडाइँ लड्नुपर्ने बताउनुभएको छ ।
हिमालय टेलिभिजनसंगको कुराकानीमा पौडेलले १४९ जना सदस्यहरुको हस्ताक्षरसहित बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष वैकल्पिक प्रधानमन्त्रीको दाबी प्रस्तुत हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरेर रापले जसरी प्रतिनिधिसभा विघटन गर्ने काममा आफूलाई सहभागी गराउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको महान षडयन्त्रको साझेदार बन्नुभयो यो अत्यन्त दुर्भाग्यपूर्ण छ । यसको विरोध कांग्रेसले गर्छ ।
सबै किसिमबाट यसको विरोध गर्न कांग्रेस अग्रसर हुनुपर्छ । मैले भनिसकेको छु नेतृत्वलाई, संसदीय दललाई । सबैभन्दा पहिले हाम्रो संसदीय दल अगाडि हुनुपर्यो । हाम्रो संसदीय दलको नेतृत्वले अग्रसरता लिनुपर्यो । अग्रिम मोर्चामा उभिनुपर्यो यो असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदमकोविरुद्धमा ।
यो बेलामा आएर अहिले संसदको विघटन गरेर चुनावमा लान्छु भनेर भन्नु, यत्रो विचल्ली परेको, चिहिलबिहल राष्ट्र परेको बेलामा अर्बौं रुपैयाँ खर्च गरेर चुनाव गराउँछु भन्नु यो भन्दा विडम्बनापूर्ण कुरा केही हुँदैन । यस्ताको विरुद्धमा हाम्रो पार्टीले, पार्टीको नेतृत्वले अग्रसर भएर परिवर्तनलाई बचाउनपट्टी पाइला चाल्नुपर्छ र कानुनी लडाइँ र अरु हरेक किसिमको लडाइँमा आफूलाई सरिक गराउनुपर्छ ।
त्यस्तै नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको आरोप लगाउनुभएको छ । उहाँले संविधानलाई समाप्त गर्ने काम भएको भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुन नसक्ने बताउँदै संरक्षकबाटै मध्यरातमा संविधान च्यात्ने काम भएको आरोप लगाउनुभउको छ ।
उहाँले भन्नुभएको छ ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो ।’ उनले ट्वीटरमा लेखेका छन् ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ ।’
प्रतिक्रिया राख्नुहोस्