विश्व समाचार

कोरोना संक्रमितलाई मलेरियाको औषधि घातक- मृत्युदर बढी, हृदयघातको जोखिम उच्च

विश्वमा सबैभन्दा बढी कोरोना महामारी फैलिएको अमेरिकामा कोरोना संक्रमणबाट बच्न भन्दै मलेरियाको औषधि सेवन गर्नेहरुको मृत्यु बढी हुन थालेको छ । राष्ट्रपति ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने दावी गर्नुभएको थियो ।

राष्ट्रपतिको सो दावीपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थियो । तर, अध्ययनका क्रममा यो औषधी खान दिइएका संक्रमितको मृत्युदर नखानेहरुको भन्दा निकै धेरै देखिएको छ । हाइड्रोक्सिक्लोरक्विन खुवाइएका बिरामीहरुमा हृदयघातको समस्या देखिएको छ ।

विज्ञान शोध पत्रिका लेसेन्टले ९६ हजार कोरोना संक्रमितमा यो औषधीको प्रभावकारिताबारे अध्ययन गरेको थियो । यी मध्ये १५ हजार संक्रमितलाई हाइड्रोक्सिक्लोरक्विन दिइएको थियो । बिरामीहरुलाई एन्टिबायोटिकसहित या सीधै यो औषधी दिएको पाइएको छ । हाइड्रोक्सिक्लोरक्विन खुवाइएका हरेक १०० संक्रमितमध्ये १८ जनाको ज्यान गएको छ ।

यस्तै क्लोरोक्विन दिइएकामध्ये १६।४ प्रतिशतको ज्यान गएको छ। तर यो औषधी नखुवाइएका संक्रमितहरुको मृत्युदर नौ प्रतिशतभन्दा कम छ । चिकित्सकीय परीक्षण नै नगरी हाइड्रोक्सिक्लोरक्विन खुवाउनु निकै खतरनाक रहेको अध्ययनले देखाएको छ । मलेरियाविरुद्धको औषधीले कोरोना संक्रमितलाई कुनै फाइदा नभएको देखिएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले यो औषधी खाँदै गर्दा चिकित्सकहरुले यसबाट हृदयघात हुनसक्ने चेतावनी दिएका थिए तर चिकित्सकीय अध्ययन र चेतावनीलाई उपेक्षा गर्दै ट्रम्पले यो औषधी प्रयोगमा ल्याउन दबाब दिइरहेका छन्‌ ।

हाइड्रोक्सिक्लोरक्विन मलेरिया र आथ्राइटिसका केही मामिलामा लाभकारी औषधी भए पनि कोरोना संक्रमितको उपचारमा यो औषधी प्रयोग गर्न कुनै मेडिकल ट्रायल भएको छैन भने चिकित्सकहरुले पनि सिफारिस गरेका छैनन् । यो औषधी खुवाउँदा संक्रमितहरूको ज्यान जाने खतरा अत्यधिक रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.