स्वास्थ्य

नियन्त्रणको दिशामा कोरोना- सात हजार नौ सय संक्रमित हुँदा सातहजार छसय संक्रमणमुक्त

नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ भने संक्रमण भएकाहरु निको हुने क्रम बढेको छ । आइतबार पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जना संक्रमित हुँदा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा १८ हजार ९ सय ६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टिजेन टेष्ट गर्दा ३ सय १६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रतिममध्ये अहिले पनि काठमाडौं उपत्यकामा अत्यधिक छ । यसमध्ये काठमाडौंमा १ हजार सात सय ६१, भक्तपुरमा ३ सय ६६ र ललितपुरमा ६ सय ९४ गरी कुल २ हजार ८ सय २१ जना कोभिड पुष्टि भएको हो ।

त्यस्तै यस अवधिमा देशभर थप १ सय ९३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ४७ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.