राजनीति

लकडाउनको मौका छोपी भारतको अर्को कर्तुत- रौतहटमा बढाउँदैछ बाँधको उचाई

कोरोना भाइरस महामारीका कारण विश्व नै लकडाउनमा परेका बेला नेपालमा नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर उदुघाटन गर्यो । यसको व्यापक बिरोध भैरहेको र नेपालमा ती क्षेत्र समेटेर नक्सा जारी गरिरहेका बेला रौतहटमा अर्को अतिक्रमणकारी काम गरेको छ ।

यसबीचमा लकडाउनको मौका छोपी भारतले यसअघि भएको सहमति विपरीत रौतहटको इशनाथ नगरपालिकासँग जोडिएको दशगजा क्षेत्रमा यसअघिको बाँधको उचाइ थप गरेको हो ।

भारतले सीमा सुरक्षा बैठकमा बाँधमा कुनै किसिमको संरचना निर्माण वा विस्तार नगर्ने लिखित सहमित जनाए पनि त्यस विपरीत काम गरेको स्थानीय प्रशासनले जनाएको छ । नेपाल-भारत दशगजा क्षेत्रमा भारतीय पक्षले ४ फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाउँदै गरेको छ ।

बाँधको उचाइ थप गरिएको सूचना पाएपछि आइतबार त्यसतर्फ गएको प्रशासनको टोलीले काम अघि नबढाउन अनुरोध गरेको छ । गत वर्ष पनि यस्तै कार्य गरिएपछि स्थानीय प्रशासनले रोक लगाएको थियो । दुवै देशको सहमतिबिना दशगजामा कुनै पनि गतिविधि वा संरचना निर्माण गर्न पाइँदैन । तर लकडाउनको मौका छोपी भारतले बाँधमाथि धमाधम माटो थप गरेको हो ।

गत वर्षको बाढी र डुबानले बाँध कमजोर बनाएकाले त्यसलाई बलियो बनाउन माटो थपिएको भन्दै भारतीय पक्षले पन्छिन खोजेको प्रशासन स्रोतले जनायो । वर्षाका बेला क्षति पुग्न सक्ने आंकलन गर्दै उसले गत वर्षको असारमै माटो र बोरा राखेर उचाइ थप्ने प्रयास गरेको थियो ।

यसबीच सत्तारुढ नेपाला कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु शाहले अहिले सारा विश्वसंगै नेपालमा पनि कोरोना महामारीको महासंकट र लकडाउनको संवेदनशील जटिलताबाट गुज्रीरहेको समयमा भारतीय पक्षले एकलौटी सीमा क्षेत्रमा बाँध बनाइरहेको तस्वीरसहितको विवरण सार्वजनिक गर्दै तत्काल त्यसलाई रोक्न माग गर्नुभएको छ ।

उहाँले नेपाल(भारत सीमा क्षेत्रमा रहेको रौतहटको ईशनाथ नगरपालिका वडा नंबर १ बन्जरहामा रातारात पानीको बहाब समेत अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा मजबूत बाँध बनाई रहेको घटनाप्रति सिंगो मुलुकको गम्भीर ध्यानाकर्षण हुन जरूरी रहेको र सो कार्य रोक्न तत्काल पहल गर्न माग गर्नुभएो छ ।

साहले भारतीय पक्षद्वारा अवैधानिक एवं अमानवीय ढंगले एकलौटी रुपमा भईरहेको निर्माण कार्यलाई तुरुन्त रोक्न तथा यी र यस्ता गम्भीर चुनौतीपूर्ण विषयहरुलाई तत्काल उच्चस्तरको कुटनीतिक पहल मार्फ़त समाधान गर्न सम्बन्धित सबै पक्षहरुमाग गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.