स्थानीयतह निर्वाचन

वीरगञ्ज महानगरमा राजेशमान सिंह निर्वाचित

काठमाडौं महानगरपालिकामा तराई मुलका बालेन्द्र शाह विजयउन्मूख भैरहँदा मधेशको वीरगञ्ज महानगरको प्रमुखमा राजेशमान सिंह विजयी हुनुभएको छ ।

वीरगञ्ज प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवार विजयी हुने क्रममा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निवर्तमान महानगरप्रमुख बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गर्नुभयो । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.