राजनीति

एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको जानकारी आयो ?

नेकपा एमालेका नेता तथा सांसद डा. भीम रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरेको जानकारी माग्नुभएको छ ।

बिहिबार सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्दै डा. रावलले सरकारले तय गरेको नीतिमा अमेरिकी सहायता एमसीसीका कारण सडक र पुल बन्दै गरेको बुँदा संशोधनन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले देशको स्वाधिनताको रक्षा गर्दै देश विकास गर्नुपर्ने सुझाव दिंदै देशलाई थप कमजोर र परनिर्भर बनाउने बुँदाहरु पारिएकोमा आपत्ति जनाउँदै १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको हो कि हैन भन्ने प्रश्न गर्नुभएको हो ।

डा. रावलले नीति तथा कार्यक्रमको बुँदा नं .७ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौता संसदबाट अनुमोदन भई विद्युत प्रसारण लाइन र सडक वस्तारको काम अगाडि बढेको छ भन्ने बुँदाको बिरोध गर्नुभएको छ ।

उहाँले एमसीसी कार्यान्वयनमा गएको भन्ने बुँदालाई संशोधन गर्न माग गर्दै १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरिएकामा हालसम्म उक्त घोषणाका सम्बन्धमा लिखित धारण नआएकाले कार्यान्वयनमा अन्योल बढेको र उक्त घोषणाका बारेमा मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट आधिकारिक जानकारी आएपछि मात्रै कार्यान्वयनमा जानेछ भनी संशोधन गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.