जन सरोकार

छात्रवृत्तिका लागि छब्बिस हजार आठ सय ८८ को आवेदन

काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना  विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भर्नुभएको छ ।

आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको कामपाले जानकारी दिएको छ । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।

आवेदकमध्ये विज्ञान विषयका लागि १८ हजार ९९६ व्यवस्थापनमा सात हजार २७१, कानुनमा ४०७,  शिक्षामा १३५ र मानविकीमा ७९ जना हुनुहुन्छ । अनलाइन प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ ।

हालसम्म ८४ आवेदन अस्वीकृत भएको छ । नाम सिफारिस भएका विद्यार्थीले कक्षा ११–१२ मा कुनै  प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.