अर्थ

दश वर्षमा ८१५ सम्पदा निर्माण

भूकम्प गएको १० वर्ष बितिसक्दा पनि भत्किएका पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण सम्पन्न हुन सकेको छैन ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । त्यसमध्ये २०८२ फागुन मसान्तसम्म ८१५ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गर्नुभएको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आवको फागुन मसान्तसम्म पाँच सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पनि सर्वेक्षणमा उल्लेख छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, पाटन र भक्तपुर दरबार क्षेत्रका केही सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन । अब कुल १०५ वटा सम्पदाको पुनःनिर्माण हुन बाँकी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.